Thursday, December 13, 2012

desh dukhe man pani dukhdo rahechha

साथि देश दुख्दा मनपनि दुख्दो रहेछ, आमा रुंदा मनपनि रुँदो रहेछ, मेचीको माटो झरे महाकालीपनि खस्दो रहेछ । मन फुटेर टुक्रा टुक्रा भई आँखाबाट पानिसरि आँशु झर्दापनि समाल्नै पर्दो रहेछ । जब राज्यले वास्ता गर्दैन दिलमा कता कता जलन हुँदोरहेछ । देशकालागि लडेका भन्नेहरु हिजोका योद्दाहरुलाई चटक्क बिर्सिदिदा मुटुका कुना कन्दराहरु कटक्क खाँदोरहेछ। अझै कतिका सरिरबाट गोलि निस्किएका छैनन् होला तर कति जना त्यही गरिबको छोरोलाई माध्यम बनाएर मोटाएका छन, सुकिला भएका छन , साथि उनीहरु परिबर्तित प्राणी हुन् चित्त नदुखाऊ सायद गरिबकापनि दिन घुम्दै फिर्दै अबश्य आउनेछन । मनमा एउटा भाव पलाएर आयो जब फेरीपनि त्यहि सुस्ता रोएको कार्यक्रम हेरे । धेरै बास्तबिकता त थाहा थिएन मित्र तर आज थोर धेर बुझ्ने अवसर पाए तपाइँहरुलाई बाँडदै छु । मित्र सुनेको थिएँ जब छिमेकि नै लाचारी हुन्छ, छुद्र हुन्छ , गनाएको सिनो हुन्छ, मान मर्यादामा ख्याल गर्दैन तब अर्को छिमेकीलाई चोट पुग्दो रहेछ । मेरो देश रोइरहदा छिमेकि पापी बनेर झन् दखल दिरहेछ अनि देश द्रोही , पापी , कनिस्ट , लाचारी नेता भनौदाहरु उसैका भरौटे भैराखेका छन् । लाज सरम जब भाग्दछ नियति गुमाउदो रहेछ यो पापी मानब जाति , मित्र अरुको आशुँमा पौडी खेल्नेलाई मानब भन्दा त्यति उचित नहोला दानब भन्छु अन्यथा नलिनुहोला है त । साथि हाम्रा महाकाली, कर्णाली लुटिरहेको थियो छिमेकि भनौदो भारतले , उसले टिस्टा अनि कांगडा निलेको छ , दार्जीलिंग अनि कालिम्पोंग्लाई खोसेको छ , पशुपतिनगरमा हलचल मचाएको छ तर पनि चुप बस्न जानेन । उसले दसगजामाथि दिन दहाडै बलात्कार गरिरहेछ अनि हाम्रो रास्ट्रियता माथि अन्याय गरिरहेको छ । के एउटा छिमेकीले अर्को छिमेकीलाई गर्ने व्यवहार त्यही हो? अबश्य होइन मित्र तर उसले गरिरहन्छ । यिस्ट इंडिया कम्पनीले लुटेको जमिन अझैपनि आफ्नो भन्छन लाचारीहरु , मुटु नभएका रोबोटरुपी दानाबहरु । याद रहोस मित्र हंगकंग पनि 1996 मा मात्र स्वतन्त्र भएको हो धेरै पहिला होइन, के हाम्रो जमिन फर्किन सक्दैन अबस्य सक्छ तर मेरा देशका नेताहरु तेसो गर्दैनन् । उनीहरुलाई आफ्नो भएको भुमि त घाँडो भएको छ अब कहाँ त्यो भुमि फर्काउने प्रयत्न गर्छन र । मन भए संयुक्त रास्ट्र संघ मा मुद्दा लिएर जान सकिन्छ किनकि ऊसले ब्रिटिश सम्राज्यबादको अधिनमा रहेका देश हरुलाई मुक्त गर्न भनिसकेको थियो अनि त्यसै अनरुप अरु देशहरु स्वतन्त्र भएका हुन् । हाम्रो देश लुट्ने भारत पनि स्वतन्त्र भएको हो तर उ बिर्सिन्छ । मेरा नेताहरु देशको चिन्ता गर्दैनन् । उनीहरुलाई राजधानी भएपुग्छ , लाजिम्पाट भएपुग्छ, बल्खु भएपुग्छ अनि त्यस्तै तिनीहरुका नाथे किल्लाहरू । मित्र ति फटाहाहरुले रोल्पा भुले , डोल्पा भुले , जुम्ला कहिलेपनि सम्झियेनन न त बिचारा त्यो रोएको सुस्ता नै सम्झिए । चितवनमा सहयात्री रुदै गर्दा प्रचण्ड करोडौं को महलमा अजम्बरी हाँसो छोडीरहेका छन , गोरखामा ददिदीले किशानी काम गर्दै गर्दा बाबुराम सिंहदरबारमा हैकम जमाउदै छन । साथि म कुनै पार्टीको लाचारी कार्यकर्ता होइन र आमाको कसम हुनेछैन पनि किनकि ति नेता केवल रगत चुस्ने जुकाहरु मात्र हुन् । आशा गरिएका मान्छेबाट सपनाहरु तुहिदा दिल दुख्दो रहेछ, बितृष्णा जाग्दो रहेछ , देशप्रति आजित भएर आउदोरहेछ । म अरु पार्टीका नेताको कुरा गर्न चाहदैन , हामीले उनीहरुलाई हजुरबुवाको पाला देखि भोगीआएका छौं । सत्यले जहाँ पनि पोल्छ तर म सिर झुकाउदैन , यो लेख लेखिसकेपछि म कसैको सत्रु बन्न सक्छु तर मित्र तिमि जाबो एउटा टाउके नेताको सिगान पुछ्दैमा देशभक्त बन्दैनौ , सक्छौ भने जाउ गरीबहरुको आशुँका अर्थ बुझ । पहिला सुस्तामा नौं गा . बि . श रहेछन अहिले एउटा मात्र बचेको रहेछ त्यहि पनि नारायणीमा गाबेर सुस्ता त्रिवेणी भएको रहेछ । चोर नेताहरु मौन छन । मित्र सिस्ट अनि भद्र भाषा प्रयोग गरौँ भन्छु तरपनि मनले मान्दैन, इज्जत दिएर बिग्रिएका नेताहरुलाई सायद त्यसो नगर्दा उचित हुन्छ होला । हामी सबैलाई थाहा छ आज टिस्टा होस् या कालापानी तिनै बिर सहिदहरुको रगत बग्दैछ । छिमेकीहरु त्यही अमर रगतले स्नान गर्दै छन । नेपाली माटोमा जन्मिएको कन्चंजन्गामा भारतीय रजाइ गर्छ , उनीहरु आफ्नो स्वाभिमानमा कहिलेपनि बाच्न जान्दैनन् । दिउँसै कोशी पारिका दलालहरुले आमालाई नंग्याइराहेछन तरपनि सन्ततिहरु खोक्रो देशभक्तिको नारा लगाएर देशमै लडिरहेका छन । यहाँ बचेको भुमि माथि लडाई चल्छ आफै आफैमा , कोहि त्यस्तो सन्तति जन्मिन सकेन जसले त्यो लुटिएको भुमि माथि धावा बोल्न सकोस अनि केहि गर्न सकोस् । धेरै बोल्नेहरु कुर्सि पाएपछि रंगिन दुनियामा हराइदिन्छ्न , अनि जनतालाई भुमरीमा नचाईरहन्छन , क्या गज्जबको खेल छ , मित्र यस्तै छ अध्यारो देशका अध्यारा मान्छेहरुको जिन्दगि । रातारात सिमानाका पिलरहरु सरिन्छ्न अनि रातको नेपाली बिहानमा अर्कै देशको हुन पुग्छ यो भन्दा ठुलो बिडम्बना म के भनु ? राज्य अझै चुप हुन्छ साथि त्यसैले त भन्छु देश दुखे मनपनि दुख्दोरहेछ । भुमि चोरी भएपनि मन कदापी चोरी हुँदैन सदैब दुखिरहन्छ । बिदेशीहरु नेपाल अर्कै देशको उपनिबेशमा छ भन्छन अनि यो चल्दै जान्छ जब सम्म टाउकेहरुलाई नेपाली माटोको बोध हुदैन । सिंहले सिकार खेलिरहन्छ , बौला हात्तीहरु आइरहन्छन हाम्रो जीवनमाथि दक्खल पुर्याउन । इज्जत नभएकाहरु आहारा दिरहंछ्न उनीहरुलाई ।माउतेको अगाडी निउरीरहन्छन यी हाम्रा घर पालुवा हात्तीहरु । सधैको बन्द अनि सधैको अभाब मेरो देशको निर्लज्ज परिचय । चिम्नीजस्तै गरि दिउँसै बाटोमा कालो धुवाँ उडिरहन्छ , नेपाल आमाको सरिरमा सधैं दाह-संस्कार भैरहन्छ । क्या गज्जबका छन मेरी आमाका सन्ततिहरु । जुन आमाले जन्म दियिन उनैलाई लात हान्दैछन । कसैलाई उचाई दिन आन्दोलन नगर एदी गर्छौ भने देशको हितमा काम गर , सक्दैनौ तिम्रा हात्तीपाइले पाउहरू धर्तीमा पछार अनि जिन्दगीलाई यसै घिसार । देश बन्द गर्न सक्ने तिम्रा बेरोजगारी पाखुराले जाउ सारिएका पिलर लगेर त्यही ठाउमा गाड , जाउ मेचीमा रुने आमादेखि महाकालिमा रुने बुडा बाउको आशुं पुछ , दक्षिणमा बस्ने सिन्दुर पुछिएकी दिदीको त्राशमा सान्त्वना देउ अनि उत्तरमा जाडोमा कापेका दाजुलाई घाम देउ । देशको लुटिएको माटोलाई फर्काउ , सिँगापुर बनाउछु भन्दै कुर्लने भुस्या नेतालाई नेपालनै बनाएर देखाउन आग्रह गर , जलस्रोतको धनि देशमा उज्यालो माग अनि अभावलाई मेटाउन  भन । नाम मात्र परिबर्तन गर्नेलाई सोँच परिबर्तन गर्न भन , झुप्रोमा बस्नेलाई जिबन माग गर , झुटा सपना बाँड्न नभन । हामी झुटका महलमा बस्न थालेको धेरै भैसक्यो नेता ज्यु अब देशको लागि 1 मिनेट त सोचिदेउ , सायद सोच्दैनौ  किनकि सुमार्गीहरुको बारेमा सोच्दै फुर्सद छैन । जनताको रगतमा होलि खेलेर विजय उत्सब मनाउनेहरुलाई सहिदको रगतले पालना छाड्यो रे , चुरा फुटाएकि बिधवा चेलीको आशुले बिझाउन छाड्यो रे । उनीहरुको भुँडी मोटाएको छ , जिबन मोटाएको छ , बर्तमान मोटाएको छ अनि के वास्ता गरुन त जनता दुब्लाएको , देश दुब्लाएको । उनीहरु एक पलमै धनाड्य भए अनि हामि उहि झुप्रोका गरिबहरु । आज उनीहरु कुर्सीमा छन तर बिचरा भएको एक मात्र छोरो गुमाउने बाउ आमाहरु कति अभावको जिन्दगि बिताउदै रुंदा हुन् , लोग्ने गुमाएकी नारीले छोरा छोरीको मुखमा एक गास हाल्दिन कति रोएकी होलिन , देशका लागि हाँसी हाँसी मरेकाहरू सधै भरि परिवारलाई रुवाउने माध्यम बनेका छन । न देशले वास्ता गर्यो न ति मोटा मान्छेहरुले । उनीहरुलाई त्यो रगतले उर्जा दिएको छ , सुकिला मुकिला मानबहरुलाई । बुद्दको मुर्ति चोरी गर्दै छिमेकीले नक्कली लुम्बिनी बनिसक्यो तरपनि बेखबर छ उपल्लो तह , कानमा तेल हाल्दै छ  । चोर्न सारै सिपालु छन चोरहरु , राजनीतिक तह देखि धार्मिक तह सम्म चोरिरहेछ्न । उनीहरु हामि बिना अधुरा छन , हाम्रो सासले उनीहरु जीवित छन । साथि दिल्हीमा चौकीदारको पदवी भिराइएको नेपाली होस् या लखनौंमा बहादुर बिल्ला भिराएको नेपाली होस् या त सिमानाको पिडित नेपाली होस् सबैको व्यथा उस्तै छ । कति सम्म गरेको छ एउटा भाइलाई दुख्दा मलाईपनि दुख्छ , यो जिन्दगीको कुरा होइन साथि यो राष्ट्रियताको कुरा हो , यो प्रतिस्टा सवाल हो । 
           
पल्ला गाउँको मुखियाले सहयोग गर्ने बहानामा हाम्रो गाउँ लुटिरहेको छ । एदी मेरो गाउँ मानब शारीर हुन्थ्यो भने एतीबेला सम्म कंकाल मात्र बाँकि रहन्थ्यो होला । गिद्दलेजस्तै लुछीरहन्छन अनि बिचरा मेरो सानो गाउँ दुखिरहन्छ । याद रहोस यो अमर सिंह , बिर बलभद्र जन्मेको देश हो परि आयो भने नेपालीले आफ्नो ज्यानको ख्याल गर्दैन , यो मेरो प्यारो देशको अस्मिता माथि खेलेर एक चिम्टी माटोपनि यताउता चलाउनेको गर्धन छेदन गरेर रगतलाई कोशीमा बगाउनेछौ । जब अत्ति हुन्छ कसैले एक मुठी सासको ख्याल गर्दैन । सयौं कोत पर्बहरु पनि मचिन सक्छ अनि सयौं जनरल जिलेस्पीहरु पनि गुमना सक्छन । मित्र आवेग होइन मन बोल्छ , मस्तिस्क चल्छ । म कुन देशमा छु संग सरोकार होइन म नेपाली नै हुन् चाहे म अर्को ग्रहमा नै किन नहुँ । काश्मिरको टुक्रा माथि लडिरहने दुस्टहरुले हाम्रो देश त देशनै सोच्दैनन् कि क्या हो । धर्मको नाम जप्नेहरुलाई मानब धर्मको परिभाषा थाहा छैन पापी कंस हरु । मेरा बाउ बाजे लडेर बचाएको माटो मैले गुमना दिएँ भने त्यो जति लज्जास्पद केहि हुँदैन , साथि आउ अब त कृपया देशको अस्मिता जोगाउन केहि गर । छोडीदेउ ति नेताहरुलाई , देशको वास्ता नगर्ने भ्रस्टहरुलाई कति सहारा दिन्छु छाडिदेउ । देश टुहुरो भैसक्यो , बेसहारा भैसक्यो , आमा रोएकी छिन एक पटक त बिन्ति  हेरिदेउ । यँहा आमाले सिकाएको मानब धर्म भन्दा ठुलो केहि छैन । रगत नहुनेलाई रगत दिएर बचाउ , दृस्टी नहुनेलाई ज्योति दिएर संसार देखाउ , कर्णाली देखि डोल्पा सम्मका मेरा भोका दाजुभाइलाई अन्न दिएर सेवा गर, जुम्लाका भरिया दाइलाई पानि दिएर तिर्खा मेटाईदेउ, सहारा चाहनेलाइ हात दिएर साथ देउ, बुडा आमा बाउको आशु बुझिदेउ । जलेको देशलाई निभाउने कोसिस गर, एक चिम्टी देशको सिन्दुर उठाएर उसको पिंडा बुझिदेउ ।येंही  कामलेनै आमाको रोएको मन भुलौन सक्छौ  । अन्तिम बिन्ति नेताहरु एक पटक त देशलाई हेरिदेउ , देशमा आगो लागेको छ , देश रोएको छ , देश सुस्ताएको छ, देशले पुकार गर्दै छ । आमाले पुकारको हात फैलाएकी छिन बिन्ति हेरिदेउ , उनको दुधक भारा तिर्ने जिम्मा पुरा गर , जनतालाई त लात हानेउ हानेउ सहिदको रगतलाई चटक्क नाबिर्सिदेउ । सबै मिलेर आफ्नो देश आफै बनाउन सक्छौ भन्ने प्रण गरौं । हरेक नागरिकको जिम्मा बराबरी हुन्छ देश निर्माणको निमित्त । आफ्नो ठाउँबाट आफुले भ्रस्ट नभई देशको बिकाशको लागि जुटौं।संसार बदल्नु छ सुरु आफै बाट गर्नुछ ।

No comments:

Post a Comment